Tuesday, February 21, 2012

जनकपुरधाम: मिथिलाको राजधानी

जनकपुरधाम नगरपालिका
स्थापना :     २०१९ साल
अञ्चल: जनकपुर अञ्चल
जिल्ला: धनुषा जिल्ला
जनसंख्या:     -२,४५,१२८ (२०११, सी.बी.एस.)
भौगोलिक अवस्थिति:  तराई,  नेपाल
टेलिफोन कोड:      ०४१



जनकपुर नेपालको एक ऐतिहासिक नगरी हुनुका साथै एक नगरपालिका पनि हो।जनकपुर नगरपालिका जनकपुर अञ्चलको धनुषा जिल्लामा अवस्थित छ । यो धनुषा जिल्लाको सदरमुकाम पनि हो । यहाँ नेपालको प्रसिद्ध मन्दिर जानकी मन्दिर र राम मन्दिर छ । जनकपुर नगरलाई मैथिला संस्कृतिको केन्द्र मानिन्छ । जनकपुरधाम दक्षिण पूर्व नेपालको जनकपुर अञ्चल अन्तरगत धनुषा जिल्ला जनकपुर नगरपालिकामा अवस्थित छ ।यो शहर नेपालको मधेशमा पर्दछ ।यसलाई साँस्कृतिक, ब्यापारिक तथा राजनैतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । राजधानी काठमाडौंबाट ४०० कि.मि. दक्षिण पूर्वमा छ तथा भारतीय सीमाबाट २० कि.मी. मा अवस्थित छ।
जनकपुरधाम नेपालको एक वैष्णव तीर्थ स्थल हो। उपनिषत्कालीन ब्रह्मज्ञान तथा रामावत वैष्णव सम्प्रदाय दुबै जनकपुरबाट उबजेका हुन्।
जनकपुर तीर्थको प्राचीन नाम मिथिला तथा विदेहनगरी थोयो। सीतामढ़ी अथवा दरभंगाभन्दा जनकपुर 24 मीलको दुरीमा पर्ने  जनकपुर नेपाल राज्य अंतर्गत पर्छ।जसको चारों चारै तर्फ पूर्वक्रमबाट शिलानाथ, कपिलेश्वर, कूपेश्वर, कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर, तथा मिथिलेश्वर रक्षक देवताहरुको रूपमा शिव मन्दिर आज पनि विद्यमान छ।
जनकपुरकै परिधीमा विश्वामित्र, गौतम, बाल्मीकि र याज्ञवल्क्यको आश्रम थियो, जसको अस्तित्व अहिले पनि कुनै मन्दिर वा कुटीको रुपमा पनि हेर्न मिल्छ।जनकपुर महाभारत कालमा एक जंगलको रूपमा थियो  जहाँ साधु-महात्मा, भगबानहरुले  तपस्या गर्ने गर्दथे।
जनकपुरमा अक्षयवटको तल भगवान श्रीरामको एक मूर्ति प्राप्त भएको थियो र त्यसबाट जनकपुरको ख्याति झनै बढ्यो।
संस्कृतिहरुको सेतुः जनकपुर

जनकपुर एक पवित्र स्थान हो जसको धर्मग्रंथ, काव्य एवं रामायणमा उत्कृष्ट वर्णन छ। जनकपुरलाई स्वर्गभन्दा पनि माथिल्लो स्थान दिईएको छ जहाँ मर्यादा पुरुषोत्तम रामचंद्र एवं आदर्श नारी सीताको विवाह संपन्न भएको थियो। त्रेता युगको प्रकांड विद्वान एवं तत्कालीन मिथिला नरेश जनकले आफ्नो राज्यमा आएको अकाल (अल्पबृष्टि) निवारण हेतु ऋषि-मुनियहरुको सुझाव अनुशार आफै हलो जोतना प्रारंभ गरे। हलो जोतने क्रममा एक सुन्दर बच्ची फेला परिन।राजाके त्यो बच्चीलाई आफ्नो पुत्रीको रुपमा स्वीकार गरे। फलस्वरूप सीता, 'जानकी' पनि  कहलिन्छन्।राजा जनक शिब भक्त थिए। उनि शिवधनुषको पूजा सँधै गर्थे। एक दिन उनले देखे कि जानकी उक्त धनुषलाई हातमा लिएकी थिईन्।शिवधनुष कुनै साधारण व्यक्तिले हातमा उठाउन नसक्ने भएकोले सीतालाई सो धनुष हातमा लिएको दैख्दा जनकले यो तत्कालै मनमष्तिस्कमा बिचार पाले कि जानकी साधारण नारी होईन्न्। अतः राजा जनकले प्रतिज्ञा गरे कि जोकोहिले शिवधनुष तोड्ने सौर्यता देखाउँछ, उसँगै जानकीको बिबाह गरिने छ। आफ्नो प्रतिज्ञा अनुसार राजा जनकले धनुष-यज्ञको आयोजन गरे।यज्ञमा संपूर्ण संसारका राजा, महाराजा, राजकुमार तथा वीर पुरुषहरुलाई आमंत्रित गरियो। समारोहमा अयोध्याको राजा दशरथको पुत्र रामचंद्र र लक्ष्मण आफ्नो गुरु विश्वामित्रको साथमा उपस्थित थिए। जब धनुषमा प्रत्यंचा चढाउने पालो आयो, त्याँहा उपस्थित कुनै पनि महानुभावले प्रत्यंचाको त कुरै छोडौ, धनुष पनि हल्लाउन सकेन्न। यो स्थिति देखेर राजा जनकलाई आफैमाथि बडो पश्च्याताप भो।तुलसीदासले रामचरित मानसमा जनकको भनाई यसरी बर्णित छ:
अब अनि कोउ माखै भट मानी, वीर विहीन मही मैं जानी
तजहु आस निज-निज गृह जाहू, लिखा न विधि वैदेही बिबाहू
 सुकृतु जाई जौ पुन पहिहरऊँ, कुउँरि कुआरी रहउ का करऊँ
 जो तनतेऊँ बिनु भट भुविभाई, तौ पनु करि होतेऊँ न हँसाई
राजा जनकको यो वचन सुनेर लक्ष्मणको आग्रह र गुरुको आज्ञामा रामचंद्रले जतिबेला धनुषमा प्रत्यंचा चढाए, त्यतिबेलै धनुष तीन भागमा विभक्त भयो।पछि अयोध्याबाट जन्ति आए र रामचंद्र-जनक नंदिनी जानकीको विवाह माघ शीर्ष शुक्ल पंचमीको दिन जनकपुरमा संपन्न भयो। कहते हैं कि कालांतर में त्रेता युगकालीन जनकपुर का लोप हो गया। करीब ३५० वर्ष पूर्व महात्मा सूरकिशोर दासले जानकीको जन्मस्थल पता लगाए र जानकीको मूर्ति स्थापना गरि भगवती सीताको पुजा प्रारंभ गरे। 




No comments:

Post a Comment