Wednesday, April 04, 2012

नव बर्ष विक्रम संवत 2069 को हार्दिक मंग्लमय शुभकामना


पाश्चात्य देशहरुको वैश्विकरण, भुमन्डलिकरण वा अंग्रेजी हुकुमत(हेजेमोनी र सांस्कृतिक प्रभुत्ववाद) को बढदो प्रभावका बावजूद पनि आज बच्चाहरुको नामाकरण,  विवाह मुहुर्त, गृह प्रवेश र व्यापार प्रारम्भ गर्ने कुरा होस हामी एक कुशल  पंडितसँग  शुभ मुहूर्त वा शुभ साईतको बारेमा जानकारी लिई त्यसै अनुरुप काम गर्ने गर्छौं।यी त भए आम जनजीबनका शिलशिलेबार प्रयासहरु, राष्ट्रिय-अंतर्रास्ट्रिय स्तरमा  देशका ठुल-ठुला  राजनेता पनि सत्तासीन हुनका लागि कुशल दिन वा राम्रो मुहूर्तको प्रतिक्षा गर्दछन्।र, सबैभन्दा महत्वपुर्ण कुरो यो छ कि यस्ता सबै प्रयासहरु विशुध्द रूपले वैदिक परम्परा अनुशार  विक्रम संवतकै पंचांगमा आधारित हुन्छन्। हिन्दु वैदिक मान्यतानुसार कुनै पनि कार्य यदि शुभ मुहूर्तका दिन प्रारम्भ गरे भने त्यसमा सफलता पाउने सुनिश्चितता हुन्छ। त्यसै पनि वैदिक  संस्कृति श्रेष्ठताको उपासक हो।समाजका ती प्रयास, संस्कृति र परम्पराहरु जसले समाजका हरेक वर्ग, जातका प्राणिलाई एकै ठाँउमा ल्याई कन्भर्ज गर्छ र हर्ष-उल्लास जगाउने एक कुशल संस्कृति हो र उसले  एक सही दिशा निर्देश पनि गर्ने भएकाले हामी ती सबलाई उत्सवको रूपमा मान्छौं। राष्ट्रिय स्वाभिमान र देश प्रेमको भावना जगाउने अनेकौ प्रसंग चैत्र महिनाको शुक्ल पक्ष प्रतिपदाबाटै एक वा अर्को रुपले संबन्धित छ।बैशाख १ गते त्यो दिन हो जुन दिनबाट नव बर्ष प्रारम्भ हुन्छ।बैशाख १ गते बिभिन्न रुपले महत्व राख्दछ।
ऐतिहासिक र धार्मिक महत्व:
1) सृष्टि रचनाको पहिलो दिन : आजबाट एक अरब 97 करोड़, 39 लाख 49 हजार 110 वर्ष पूर्व यसै दिनको सूर्योदय हुनासाथ ब्रह्माजीले जगत रचना गरेका थिए।
2) जानकी पति रामको राज्याभिषेक दिवस : मिथिलाका ज्वाँई रामले लंकामाथि विजय प्राप्त गरे पशच्यात अयोध्या फर्किए पछि आजकै दिन राज्याभिषेकका लागि चुनिएका थिए।
3) बसन्त नवरात्र स्थापना(चैती दुर्गा) : चैती नवरात्राको अन्त्य हुनासाथ अर्को नव बर्षको प्रारम्भ शक्ति र भक्तिको नौ दिन अर्थात्, नवरात्र स्थापनाको पहोलो दिन पनि यहि नै हो।रामको जन्मदिन रामनवमीभन्दा पूर्व मनाईने  नौ दिने उत्सवको प्रथम दिन।
४) बैशाख स्नान: यसै दिनबाट बैशाख स्नान प्रारम्भ हुन्छ।
५) आशीर्वाद प्रदान: सुर्योदय पूर्व आशिर्वादको रुपमा आफूभन्दा कान्छोलाई बुजुर्गहरुले आशिर्वादको रुपमा शीषमा बासी  पानी हाल्ने परम्परा मिथिलामा मात्र छ।भन्नुको अर्थ के हो भने आउदो ग्रिस्म ऋतुको गर्मीको कहर हाम्रो परिवारमा नलागोस भन्ने कामनाका साथ आशिर्वाद रुपी चिसो पानी शिषमा राख्ने गरिन्छ।
६) गुरू अंगददेवको प्रकटोत्सव : सिख (भारतको पंजाब प्रान्तका एक जाती) परंपराको द्वितीय गुरूको जन्मदिवस।
७) आर्य समाज स्थापना दिवस : समाजलाई श्रेष्ठ (आर्य) मार्गमा गुडाउनका लागि स्वामी दयानंद सरस्वतीले यसै दिनलाई आर्य समाज स्थापना दिवसको रुपमा चुने।
८) संत झूलेलाल जन्म दिवस : सिंध प्रान्त (पाकिस्तान) को प्रसिध्द समाज रक्षक वरूणावतार संत झूलेलाल यसै दिन प्रकट भएका थिए।
९) शालिवाहन संवत्सरको प्रारंभ दिवस : विक्रमादित्य जस्तै शालिवाहनले  हूणोंलाई परास्त गर्दै दक्षिण भारतमा श्रेष्ठतम राज्य स्थापित गरेको दिन।
१०) युगाब्द संवत्सरको प्रथम दिन : 5111 वर्ष पूर्व युधिष्ठिरको राज्याभिषेक पनि यसै दिन गरिएको थियो।
११) लक्ष्मी पति बिष्णुको अत्यन्त प्रिय दिन
१२) बैशाख महिनाममै जांघव ऋषिले गंगा नदिलाई नै निलसिसकेका थिए र आफ्नो दाँया कानबाट पुन: गंगाजीलाई यथास्थितीमा ल्याए र त्यसैले गंगालाई जांघवी को नाम पनि दिईएको छ।त्यसैले गंगा नदिमा सर्वश्रेस्ट र महिनामा बैशाख सर्वश्रेस्ठ मानिन्छ।
१३) यथा ते माधवो मासो बल्लभो मधुशुदन, प्राथ: स्नानेन मेतस्मिन् फलद; पाप हाभव ।। बैशाख महिनामा प्राथ: स्नान गरे अस्वमेघ यञको अनुस्ठानभन्दा पनि ठुलो पुण्य पाउने, पाप-मनोविकार अंत्य हुने र पुरुषार्थ चतुस्त्य प्राप्त गर्न पनि सकिन्छ। स्मरणिय रहोस कलयुग पाप र घृणामै लिप्त भएको कारण अस्वमेघ यज्ञको अनुस्ठान संभव छैन ।
१४) बैशाखको अर्को नाम माधव पनि हो, यो नामाकरण नारदद्वारा भएको र उनले सर्वप्रथम यो कुराको जानकारी अमरिष ऋषिलाई दिएका थिए।
१५) बैशाख पुर्णिमाको दिन गौतम बुद्ध अर्थात बिष्णु भगवानको दसौं अवतारको जन्म र मृत्यु पनि त्यहि दिनमै भएको थियो। बुद्धले संसारलाई अहिंसाको पथ देखाए र एक दर्शन अघि सारेर स्वर्ग प्रस्थान गरे।
१६) रामको बनवासको बिषयमा भरतजीलेको आफ्नो संलगन्ता नरहेको कुरा सपथ लिएका थिए कि यदि रामको बनबासमा मेरो अलिकती पनि सहमति छ भने बैशाख महिनामा मलाई स्नान-दानको पुन्य प्राप्त नहोस। यो सपथ बैशाख महिनाको स्नानमा केन्द्रित थियो।
प्राकृतिक महत्व:
पतझड समाप्ति पछि वसंत ऋतुको आवागमन वर्ष प्रतिपदाबाटै हुन्छ। शरद ऋतुको प्रस्थान र ग्रीष्मको आवागमन पूर्व वसंत ऋतु आफ्नो अंतिम वा चरम समयमा हुन्छ।किसानले उब्जाएका बाली पाक्ने  प्रारंभ दिन अर्थात  किसानको मिहिनेतको फल सुनिश्चित भएको दिनको रुपमा पनि यस दिनलाई लिईन्छ।
आघ्यात्मिक महत्व:
हाम्रा ऋषि-मुनीले यस दिनको आध्यात्मिक महत्वकै कारण  वर्ष प्रतिपदादेखि नै  नौ दिन सम्म शुध्द-सात्विक जीवन व्यतित गरेर शक्तिको उपासना तथा निर्धन र दीन दु:खीहरुलाई सेवा हेतु कार्य गर्न आम जनमानसलाई प्रेरित गरे। प्रात: काल: यज्ञ, अपराह्न: भोकाएकाहरुलाई भोजन तथा साझ: रात्रि शक्तिको उपासना र अराधनाको विधान छ।असंख्य भक्तजनले पूरै नौ दिनसम्म बिना कुनै प्रकारका अन्न ग्रहण गरेर वर्षभरीको लागि एक असीम शक्तिको संचय गर्छन, जसले उनिहरुलाई बर्षैभरी सुरक्षित र संयमित राख्दछ। अष्टमी वा नवमींको दिन दुर्गा माताको स्वरूप नौ कन्या (अविवाहित महिला) हरुलाई र एक बालक (किशोर)लाई पूजा गरि आदर पूर्वक ब्राह्मन भोजन गराएर दक्षिणा दिने प्रचलन पनि छ।
वैज्ञानिक महत्व:
विश्वमा सौर्य मण्डलका ग्रह व नक्षत्रको चालमा  निरन्तर बदलाव आउने भएकाले उनको  स्थितिमै आधारित भएर दिन, हप्ता,  महीना, सालको बुझाई र उसको सूक्ष्मतम सवरुपलाई घन्टा, पलको रुपमा बुझिन्छ। यसमा खगोलीय पिण्डहरुको गतिलाई आधार मानिएको छ।वैदिक गुरुहरुले पूरै 360 डिग्रीलाई 12 भागमा  बांडे जसलाई राशिको नाम दिईयो। प्रत्येक राशि तीस डिग्रीको हुन्छ, जसको प्रथम  नाम मेष हो। अंग्रेजी वा पाश्चात्य मान्यता अनुशार नव वर्ष एक जनवरीबाट प्रारम्भ हुन्छ, जसको सम्बन्ध ईसाई जगतसँग छ। यो प्रचलन  रोमको सम्राट जूलियस सीजरद्वारा ईसाको जन्मको तीन वर्षपछि प्रचलनमा ल्याए। भारतमा ईस्वी सम्वत मनाईने प्रचलन  अग्रेंजहरुले 1752 मा भित्रयाए। अधिकांश राष्ट्रहरुमा  ईसाई धर्माबल्मबीहरुको बाहुल्यता र अंग्रेजहरुको बिस्तारबादी शासन कायम रहेको हुनाले ईसवी संबतले विश्वव्यापी प्रभुत्व पायो। 1752भन्दा पहिला ईस्वी सन् 25 मार्चबाट  शुरू हुन्थे भने 18औं शताब्दीबाट बर्षको शुरुवात एक जनवरीबाट गरिने प्रथा कायम गरियो र सो प्रथाले एक संस्थागत संस्कृतिको मान्यता वैश्विक रुपले पाएको छ। ईस्वी कलेण्डरका  महीनाहरुको नाममा प्रथम छौ महिना: जनवरीबाट जूनसम्म रोमन भगवानहरु- जोनस, मार्स र मया इत्यादि को नामबाट नामाकरण गरिएको छ भने जुलाई र अगस्त रोमको सम्राट जूलियस सीजर तथा उनको पुत्र आगस्टसको नाममा तथा सेप्टेम्बरबाट डिसेम्बरसम्म रोमन संवतको महिनाहरुको आधारमा नामाकरण गरिए।जुलाई र अगस्त, सम्राट(राजा) हरुको नामबाट नामाकरण गरिएका कारण  दुबै महिना ३१ दिनको हुने ब्यबस्थालाई संस्थागत गरियो।हुन त महिना कति दिनको हुने भन्ने कुरा नक्षत्रीय स्थिती र चालको आधारमा हुनुपर्ने हो तर पश्चिमाहरुले आफ्नो अधिनायकबाद लाद्नको लागि तर्कहिन तरिकाले महिनाहरुको दिन घटबढ गरे।
ग्रेगेरियन कलेण्डरको काल गणना मात्र दुई हजार वर्षको अती अल्प समयको ईतिहासलाई दर्शाउँछ। जबकी यूनानको काल गणनाको ईतिहास 3581 वर्षको, रोमको 2758 वर्षको, यहूदीको 5769 वर्षको , मिश्रको 28672 वर्षको, पारसीको 189976 वर्षको तथा चीनको 96002306 वर्षको  पुरानो ईतिहाश छ। यी सब भन्दा पृथक हिन्दु वैदिक काल गणनाको कुरो गर्दा हाम्रा ज्योतिष बिज्ञानको अनुशार  पृथ्वीको आयु एक अरब 97 करोड़, 39 लाख 49 हजार 110 वर्षको छ र हाम्रो वैदिक परंपराको काल गणना सबैभन्दा पुरानो छ। जुन प्रकारले ईस्वी सम्वतको सम्बन्ध ईसा जगतसँग छ, त्यसै अनुरुप हिजरी सम्वतको सम्बन्ध मुस्लिम जगत र हजरत मुहम्मद साहेबसँग छ। तर विक्रम सम्वतको सम्बन्ध कुनै पनि धर्म बिशेषमा मात्र केन्द्रित छैन।यसमा त  पुरै विश्वको प्रकृति, खगोल सिद्यान्त, ब्रह्माण्डका ग्रहहरु र नक्षत्रहरुको अनुशार बैज्ञानिक रुपले  महिनाहरुको नामाकरण गरिएका छन्। ब्रह्माण्डको सबभन्दा  पुरानो ग्रंथ वेदमा, र यजुर्वेदको 27 र 30 औं अध्यायमा विस्तार रुपले हिन्दु महिनाहरुको बर्णन गरिएका छन्। साथै बिक्रम संबतका महिनाहरुले विश्व बंधुत्व निर्माण गर्ने र प्रत्येक मानवमा सहृदयताको भावना जागरुक गर्ने बिषयहरुलाई प्रधानताका साथ अघि सारेको छ।के एक जनवरीको ईतिहास त्यस्तो लामो र बृहत छ त? के १ जनवरीले विश्वबंधुत्व र सहृदयताको वकालत गरेको छ त? भारतवर्षको ग्रंथ र दर्शनमा कहिंकतै ईश्वी संबतको चर्चा छ? यदि यी सबै सवालहरु अनुउत्तरित छन, भने भारतबर्षका समाजले यो ईश्वी संबत किन मान्ने? पाश्चात्यहरुले ईश्वी संवतको वकालत गर्नु गर्वको बिषय हो भने पुर्वीय जगतको लागि गुलामीको बिषय हो।रास्ट्रिय स्वाभिमान र गरिमाको पनि रक्षा गर्न नसक्ने संस्कृति मनाउनु भनेको आफ्नो अमुल्य समय खेर फाल्नु हो वा उग्र आधुनिक्ताबादको अधिनायकबाद लाद्न खोज्नु हो।  
नव वर्षको पूर्व संध्यामा दीयो बालेर र साँझ शंख फुकेर नव वर्षको स्वागत र गत बर्षको बिदाइ गर्नु पर्छ।शंखको ध्वनिले सम्पुर्ण समाजमा मंगल (शुभ) कार्य हुने संदेश दिन्छ।होर्डिंग बोर्ड, एस.एम.एस. , ब्यानर, बधाई पत्र, ई-मेल, फेशबुक, तथा अन्य सामाजिक सञ्जाललगायतका माध्यमबाट नव वर्षको बधाई र शुभकामना प्रेषित गरौं।नव वर्षको दिनबाट नौ दिनसम्म श्री राम महोत्सव मनाईन्छ जसको अंतिम दिन (समापन) लाई श्री राम नवमी भनिन्छ र हिन्दु समाजले भव्यताका साथ भगवान रामको पुजा पनि उक्त दिनमा गर्छन्।
(साभार: द एक्सक्लुसिभ वीक्लि)
*****


No comments:

Post a Comment