जिवेश झा
सीता माता सबैका लागि एक समान हुन।सीता माता मेरी हुन भनेर हरेक
मिथिलाबासी गर्व गर्छन्। तर सीता कसैको पनि हुन सकिन्न्।
उफ ! नेपाली राजनीति! एक
प्रदुषित भाँडो। जनकपुरको बाटो-घाटो, संस्कृति, स्थानिय कलकारखाना, शिक्षण संस्था,
सञ्चार माध्यम, लगायतका क्षेत्रहरुमा बिकासका काम संतोषप्रद भएको भए जनकपुरबासीका
लागि अर्कै मजा हुन्थ्यो। विकासका कामहरु हुन्थे भने जनकपुरबासीहरु बेरोजगारी
जस्तो महामारीको शिकार पनि हुन्थेन्न।बिकासका कामहरु दुर्त गतिमा भएको भए
जनकपुरबासीहरु यता-उता भटकन्थेन्न।उच्च शिक्षाका लागि काठमाडौं नै जानु पर्ने
बाध्यताको पनि अत्य हुन्थ्यो।तर त्यस्ता केहि चमत्कारहरु भएन्न, जनकपुरबासीहरु
सायद त्यस्ता आकाँकाक्षाहरुलाई मनमा पाल्न पनि छोडे।निकट भविष्यमा पनि जनकपुरको
कायापलट हुने कुरा गर्नु खाली आकाशमा गोली चलाउनु सरह नै हो। यस्ता केहि फलदायी
काम अहिले हुन्न, किनकी नेपाली\मधेशी राजनीति अहिले पुर्ण रुपमा “स्वस्थ” छ। मधेशी राजनेताहरुको नालायकपन
रबैया र नपुंसक चरित्र देखेर जनकपुर प्रति उच्च श्रधा राख्ने पशुपतीनाथ मधेशी
भन्छन्, 'राम-जानकीको दोस्रो
बनवास यदि आज हुन्थ्यो भने
शायद यही भन्न बाध्य हुन्थे, 'जनकपुरकी माता जानकीलाई मात्र होईन, विकासका कामहरुलाई पनि उनिसँगै
वनवास पठाईदेउ।' राम मंदिर र जानकी
मंदिरमा ठुल-ठुला भाषणहरु नियमित रुपमा हुन्छन्, बोलीको लड्डु सबैसँग छ, तर
बास्तविक लड्डु बाँड्ने हातहरु छैन्न।
'सीताको नाँउमा राजनीति त सबैले
गर्छन्, तर सीताकी “प्यारी नगरी” को लागि अहिले सम्म कसैले केहि
पनि सोचेका छैन्न।२०६३ माघको मधेश आन्दोलनमा आन्दोलित जनकपुरलाई दिमागबाट एक छिनका
लागि टाढा राखेर आजको जनकपुर माथि मैले ध्यान केंद्रित गर्न खोजे।तर केहि खाश फरक देखिएन्न।हो, ती आन्दोलित माहोल
छैन्न, राक्षसरुपि नेपाल
प्रहरी छैन्न, “जय मधेश” नामक नारा गुँजिरहेका छेन्न, राजाका शालिकहरु भत्काउने
प्रदर्शनकारीहरु छेन्न, राक्षषरुपि नेपाल प्रहरीको लठ्ठि खाने पत्रकार छैन्न, प्रदर्शनकारीहरुलाई स्वागत गर्ने अश्रु ग्यास
छैन।र देशका बिभेदकारी शासकबर्गका शोषनमुखी भाषन छैन्न। तर रामको ससुराली माता जानकीको पावनभुमीमा बिकासका
केहि कामहरु भएका छैन्न, जनकपुर जस्ताको त्यस्तै छ, आम जनकपुरबासीको जीबनस्तर
उकासिएको छैन्।भत्केका बाटो-घाटो, बर्षायाममा ईनद्रदेबले दिने फाटफुट पानीमा पनि
जनकपुर पहिला झैं जलमग्न हुन्छ- बाटोहरु घातक बन्छन्। हो, यति परिबर्तन जरुर पाएको
छु: जनकपुरका गल्ली\ बाटोहरु बर्षै पीछे बन्छन, भत्किन्छन्।जनकपुरमा बन्ने बाटोको आयु एक बर्ष
मात्र हुने नबिन्तम अनुसन्धान सिद्ध भएको पाएको छु।“म एक अंतरराष्ट्रीय स्तरमा
ख्याति प्राप्त “धाम” मा छु र मेरो उपस्थितीले
मात्र नै जनकपुरको स्तर उकासिन्न, मैले अब जनकपुरको लागि केहि गर्नु पर्छ” भन्ने भावनाले ओतप्रोत
युबावर्गहरुलाई भेटे; आशाका किरणहरुबाट नयन स्पर्श भए। चंदनको सुगन्ध न भए पनि, फोहरी नालाका पानीको
दुर्गन्धले अब जनकपुरका युवाहरुको मन फोहर हुने छैन। यो नै एक ठुलो परिबर्तन मैले जनकपुरका युबाबर्गमा पाएको
छु, जानकीको पाबन भुमी वरिपरी कम्तिमा यस्ता सोंचहरु
बिकासोन्मुख अबस्थामै भएको हेर्न पाउनु पनि एक पत्रकारको लागि गर्वकै कुरो हो।
यी पङ्तिकार घरबाट बाहिर निस्कने बितिक्कै सडकमा दुई जनाबीच घमासान झडप देखे।“जबर्दस्त बहस र मार-पीट” को “गर्मागरम” माहोल देखेर लागि रहेको थियो कि अब कोही-न-कोही
चुटिन्छन्।झगडाको चुरो बारे बुझ्दा \जानकारी लिँदा
थाहा पाए कि एक मोटरसाइकल हाँक्ने महानुभावले बिपरित दिशाबाट आईरहेका जीपको बंपरमा
ठोकि दिएका छन् रे। उनले जीपमा सामान्य “टच” गरेका थिए।अनि तब त अर्कै नाटक हेर्ने अबशर प्राप्त भो।
दुबै(मोटरसाईकलवाला र जीपवाला) ले आफ्नो “आन, बान र शान” देखाउन थाले। “कोना कऽ तु हमरा गाडीके “टच” क देबह हौ, हमरा
चिन्है नै छहक तुँ”– अब यो वाक्य सुन्ने बितिक्कै
मन-मस्तिष्कमा एक बिचार आए। हे राम, हे माता जानकी ! के यहि नै हो जानकी नगरीको पहिचान? कुल २5
मिनेटको ट्राफिक जाम भए र दुबै महानुभावहरु एकअर्कासँग दोह्रो भिडन्तमा थिए। जे
होस यी घटनाहरु जनकपुरका लागि पुरानै हुन्, र पछिल्लो 20 बर्षमा यस्ता मानसिक्तामा परिबर्तन आएन्न।
राष्ट्रिय र अंतरराष्ट्रीय स्तरमा जनकपुर प्रत्येक कारणहरुले चाहे राजनीतिक वा धार्मिक रुपमा
चर्चित रहंदै आएको छ।प्रत्येक दिन १000 भन्दा बढि धर्माबलम्बी माता जानकीको दर्शन
गर्न आउछन्।बढिले राम-जानकीको दर्शन गर्छन् र सयकडौ पर्यटक (नेपाली र भारतिय) मात्र
जानकीको दर्शनको लागि प्रत्येक दिन जनकपुर
आँउछन्। तर पर्यटनबाट हुने कमाईको सयौं हिस्सा पनि जनकपुरको आमजनताको हातमा
पर्दैन।कारण बिल्कुलै सफा छ।जनकपुरमा न त बिकास (सुबिधा) छन, न त पर्यटकहरुले
बासबस्ने राम्रो इंतजाम। बिजुली 10 देखि 12 घंटाको लागि मात्र उपलब्ध छ।राती हिडनको
लागि बाटो सुरक्षित छैन।सरकार त त्यसै पनि पुर्वाग्रही, मधेश र उसका
संस्कूतिहरुलाई नेपाली संस्कृति नै न ठान्ने, मानौं मधेश नेपालको हिस्सा नै होइन्।मधेशका
अन्नलाई दुर्गन्धित नठान्ने तर उसका संस्कृतिलाई दुर्गन्धित ठान्ने नेपाल सरकारबाट
मधेशको सांस्कृतिक बिकास होला भन्ने सोंच्नु दिवा स्वप्न नै देख्नु हो। कुलमा
जनकपुर जस्तो धार्मिक नगरीको धार्मिक\सांस्कृतिक बिकासको लागि सरकारले अहिले सम्म
केहि गरेको ईतिहास छैन। जुनै पर्यटक वा भक्त जनकपुर आउछन्, माता जानकीको दर्शन गरेर
पुन: वापस एक-दुई घन्टाको यात्रा गरेर आफ्नो स्थानमा फर्किन्छन।हुन पनि हो
जनकपुरमा कुनै भक्त वा पर्यटकले कुन मुद्धामा वा कुन ठाँउमा पैसा खर्चिने त? अत: पर्यटनको
नाँउमा, धार्मिक स्थलको नाममा जनकपुरमा भिडको ठुलो हिस्सा देख्न मिल्छ, तर त्यसबाट जनकपुर थोरै भए पनि
लाभान्वित हुन सकेको छैन। अन्तत: भन्ने आधार प्राप्त भए कि पर्यटनबाट पनि जनकपुर
परिबर्तित हुन सकेन।
आज जनकपुरको नाममा कोहि राजनीति गर्छँन त कोहि वकालत, कोहि “बयानबाजी” को लागि प्रसिद्ध छन, त कोहि “भीड” जुटाउनका लागि।तर जनकपुरको
बिकासको लागि कुनै दल वा नेता भौतिक र बास्तविक रुपमा तयार छैन्न।आज सीता माता
जनकपुर आईन भने आफ्नो जन्मभुमिको यो दुर्दशा देखेर आंशुको खोलो बगाउन बाध्य
हुन्छिन्।उनि कस्तो जनकपुर छाडरे गएकि थिईन, र आजको जनकपुर कस्तो छ? जनकपुर
धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनैतिक, औधोगिकलगायत सबै क्षेत्रमा आज
पछाडि परेको छ र दयनिय अवस्थामा छ।अंत्यमा यो वाक्य तपाईहरु माझ छोड्दै आफ्नो
कलमलाई यहि बिश्राम दिन चाहन्छु, 'सीता के नाम पर कुछ तो दे दे बाबा, कुछ तो दे
दे...'.
प्रकाशित: “द एक्सक्लुसिभ विक्ली” , (२६ फेब्रुअरी
२०१२ को अङ्कमा प्रकाशित)
No comments:
Post a Comment