मानव समाजमा स्थापित केहि भनाईहरुलाई अब परिवर्तन गर्ने समय आईसके।कम्तिमा “म तँलाई लामखुट्टे झै नीर्मम तरिकाले मार्छु” । वा “तेरो हालत कुकुर झैं बनाउछु”। मान्छेले आफ्नो सौर्यता प्रदर्शन गर्नको लागि यस्ता उखान-टुक्काको प्रयोग गर्छ।
मान्छेहरुले मच्छर र कुकुरलाई आफूभन्दा नीकै कमजोर प्राणिको रुपमा लिन्छन। आफ्नो फायदा अनुशार उनको प्रयोग गर्दछन।तर अब उक्त स्थीतिमा परिवर्तन आईसकेको छ। लामखुट्टे र कुकुरहरु पहिला जस्तो अब रहेन्न। उनको ताकत बृहत रुपले बढेको छ।ती पङ्क्तिकारका वाक्यहरुलाई हिन्दी चलचित्रको बडो चर्चीत डाईलोग “एक मच्छर आदमी को हिजरा बना देता है'१” ले थप औचित्तयता प्रदान गर्छ।मलाई त परिस्थीति यतिमा मात्रै सीमित रहला जस्तो लाग्दैन। म ग्यारेन्टीको साथ भन्न सक्छु कि तपाईहरुले लामखुट्टे र मान्छेबीचको संबन्ध बारे सुक्ष्म अध्ययन गरे तपाईंहरुले पनि एउटा नयाँ शुक्ति वा उखान अघि सार्न सक्नु हुन्छ्।
काठमाडौंको सीतापाईला गा।बि।स। मा एउटा कुकुरले एक दिनमा ५० जनालाई टोक्यो रे। मेरो बिचारमा यो एक रेकर्ड हुन सक्छ। यो शिर्षकमा शोध गरे थप सान्दर्भिक हुन्थ्यो। “गिनीज बुक अफ वल्र्ड रेकर्ड” को लागि शायद सबै भन्दा पृथक “इंट्री” हुन्छ होला।
मान्छेले कुकुरलाई पागल करार गर्न एक मिनेट पनि समय लगाँउदैन्न। मेरो रायमा कुकुरलाई त्यति सहज रुपमा नालायक प्राणि घोषित गर्नुहुन्न। उनिहरुले आफ्नो दिनचर्या बिताउनकै लागि भए पनि कति धेरै मिहिनेत गर्छन्, त्यसको बारे एक मिनेटकै लागि भए पनि सोंच्नु पर्ने हो।बिचारा कुकुरमाथि बाटोमा हुड्ने जो कोहिले सार्वजनिक रुपमै हमला गर्दै उसको मानहानी गरि रहेको कुरा सर्वबिदितै छ। बिचराहरु पेट भर्नको लागि जताततै घूम्छन, छाहारी र घामलाई एकै समान ठान्छन्।तर कुकुरको मानसिक्ता बुझ्दा उसलाई मान्छेको “ओरीजीनल” रगत बडो प्यारो लाग्दछ रे। आफ्नो त्यहि “टेस्ट” को तलाशमा उनिहरु मान्छेलाई खोजिरहेका हुन्छन्।यसमा कुकुरको मात्रै दोष छ भन्न मिल्दैन, मान्छे पनि त्यतिकै जीम्मेबार छ-यस्तो परिस्थीतिको लागि। अचेल मान्छेको रगतमा धेरै किसीमका मिसावट पाईन्छन्। मान्छेहरु कमजोर भईसकेका छन्।त्यसको ज्वलन्त उदाहरण अस्पतालमा कमिलाको ताँति झै कहिले नसकिने मान्छेको लहर हेर्न सकिन्छ। अब कुकुरको र लामखुट्टको टोकाईबाट शिथिल भएका जनताहरुको शिघ्र स्वास्थ्य लाभको लागि संबिधानसभामा ठुलै बहसको आवश्यक्ता छ। र, त्यसको लागि एक छुट्टै शिर्षकमा बजेट छुट्याउनु पनि अपरिहार्य हो।सभासदका हातले संबिधानसभाका माईकहरु त धेरै फुटे तर उनिहरुले कति लामखुट्टे दिनहुँ मार्छन भन्ने तर्फ पनि शोधको टडकारो आवश्यक्ता छ।अब हाम्रा नेताहरुले लामखुट्टेको टोकाईबाट बिरामी पर्ने आम जनताको बारेमा नसोँचे पनि आफ्ना कार्यकर्ताको बारेमा सोंच्नु पर्ने आवश्यक्ता आईसकेको छ।भारतको बिहार राज्यको दानापुरका एक बिधायकले कुकुरको टोकाईबाट आफ्ना कार्यकर्ताहरु गम्भिर घायल भएको कुरा हाउसमा गत बर्ष उठाएका थिए। यस्ता प्रयासले कुकुर पनि कति शक्तिशाली हुन्छन भन्ने कुराको दह्रो उदाहरण प्रस्तुत हुन्छ।
कुकुरहरुले मान्छेलाई धेरै ज्ञानगुणका कुराहरु सिकाउने स्थीतिमा पुगिसकेका छन्।उनिहरुको वफादारीको कुरा त “अंडरस्टूड” नै छ। कुकुरहरुमा गजबको एकता हेर्न मिल्छ। यिनीहरु एकै साथ मान्छेमाथि हमला गर्न तम्सिन्छन्। एउटा कुकुरले आफ्नो गुरुत्वाकर्षनको बलले भए जतिको सबैलाई आफू तर्फ तान्न सक्ने ताकत राख्दछन्।त्यसैले एउटाले मान्छेमाथि भुके कुकुरहरुको झुँडलाई हेर्न सकिन्छ। कुकुरहरुको पनि आफ्नो निश्चित “एरिया” हुन्छ।आफ्नो ईलाकामा अरुलाई देख्न चाँहदैन्न उनिहरु।अर्को तर्फ अरु एरियाका कुकुरहरुसँग पनि उनिहरुको “दिलचस्प सामंजस्य” हुन्छ रे। एउटा मान्छेको पछाडि उनिहरु लाग्दा अर्को साथीको सीमा प्रारम्भ नभएसम्म तर्साउनकै लागि भए पनि पछि-पछि लागिरहेका हुन्छन्।तर वर्तमानमा कुकुरहरुले आफ्नो दायरा सीमित नराख्ने तर्फ अग्रसर हुँदै गएको एक अध्ययनले देखाएको छ।अब उनिहरुले वारदात, घटना र हमला एक निश्चित ईलाका मात्रै गर्ने भन्ने आपसी मैत्री सन्धी खारेज गरेका छन्। कुकुरहरु आफ्नो टोकाईबाट मान्छेहरु अस्पतालमा पुगेको देख्दा अत्याधिक खुशी हुन्छन्। कुकुरहरु माझ पनि प्रतिस्पर्धा चलिरहेको हुन्छ कि मैले यति मान्छेलाई टोके, तैंले कतिलाई टोकिस नि। वर्तमान नेपाली समाजले यी कुकुरहरुबाट एकताको पाठ सिक्नु पर्छ। नेपालका बिभिन्न जिल्लाहरुमा पशु सेबा कार्यालयले कुकुरको जनसंख्यामा रोक लगाउनका लागि बिभिन्न जिल्लाहरुमा बिगतमा र वर्तमानमा पनि उनिहरुको नसबंदी गर्ने अभियान चलाई राखेका छन्। मान्छेहरुको जनसंख्या पनि दिनप्रति दिन बढदै गएको अबस्थामा उनिहरुले आफ्नो बन्धयाकरण गर्ने हिम्मत त्यति सहज रुपले देखाँउदैन्न।
मच्छरहरुको मामिलामा पनि यस्ता अनुभवहरु मसँग धेरै छन्। मच्छरहरु धर्म र जात जस्ता मान्यता र भिन्नताबाट बन्धनमुक्त हुन्छन्।उनिहरु साम्यबादी सिद्धान्तलाई बडो राम्रो रुपले पालना गरिरहेका हुन्छन्।खाशमा सँच्चा बामपन्थिहरु उनिहरु नै हुन्। उनिहरु जात, वर्ग, र समप्रदाय बिशेष राजनीति गर्दैन्न।मान्छेलाई टोक्नका लागि पनि उनिहरुले कुनै किसिमको आग्रह-पूर्वाग्रह देखाउदैन्न ।यो मामिलामा त उनिहरु पुर्ण रुपले समाजवादी नै हुन।अचेल लामो समय सम्म टोकेर बस्ने नियममा उनिहरुले परिवर्तन ल्याएका छन्।एकदेखि दुई सेकेन्ड भित्रै मान्छेको रगत चुसेर चोरबाटो प्रयोग गर्दै यथासीघ्र भाग्ने प्रयसामा हुन्छन।
मान्छेहरुले मच्छरहरुको औकात बढाई दिएका छन्।अब मच्छरको टोकाईबाट बिरामी परेकाहरुको स्वास्थ्य लाभ संबिधानसभाको एजेंडा हुनुपर्छ। हुन त बिहारको विधानमंडलको दुबै सदनमा यो मामिला प्रवेश गरिसकेको अबस्थामा हाम्रा सभासदहरुले पनि यो मुद्दालाई सदनमा उठाउनु पर्ने हो। मच्छरहरुले आफ्नो पौरुषयतालाई खुलेयाम प्रदर्शन गरिरहेका छन्।उनिहरुलाई न त कानुनले छेक्छ न त प्रशासनले नै। उनिहरु पुर्व राजा ज्ञानेन्द्रको कठोर शासनमा पनि त्यतिकै स्वतन्त्र थिए जति कि आजको लोकतन्त्रमा। उनिहरु कसैसँग पनि डराउदैन्न। एउटा सामान्य मान्छे अनुमति पत्र बीना सिँघदरबार छिर्न सक्दैन तर लामखुट्टेहरुलाई कहि पनि छिर्न कुनै किसिमको रोकटोक, बाधा व्यवधान छैन। उनिहरु डर नमानिकन संबिधानसभा भवन भित्रै सभासदहरुलाई टोकिरहेका हुन्छन। हाम्रा प्रधानमन्त्री पनि मच्छरको टोकाईबाट अछुतो छैन्न भने, सामान्य नागरिकको त कुरै नगरौ। सत्ता पक्षका नेता र मंत्रीहरु उनको टोकाईलाई आजभोली सहजै रुपमा पचाई राखेका छन्।लामखुट्टेहरुको ताकत ०६२-६३को जनआन्दोलन पश्चात झन बढेर गएको छ। मान्छेहरु भने रिभर्स गियरमा छन।
लामखुट्टेहरु बडो उदार हुन्छन्। सरकारले मच्छर र त्यसबाट फैलिने रोग नियन्त्रणमा करोडौ बजेट खर्चे पनि मच्छरहरुको जनसंख्या कम नहुनुले व्याप्त भ्रस्टाचार र त्यसप्रती मच्छरहरुले नगर्ने बिरोधले उनिहरुको उदारतालाई थप प्रस्ट्याँउछ।त्यतिमा मात्रै सीमित नभएर लामखुट्टेले निमत्याउने रोगहरुबिरुद्ध लड्नका लागि बिभिन्न प्रकारका औषधिहरु पनि बजारमा व्यापक रुपले उपलब्ध छन्। अर्को तर्फ मच्छर मार्ने अगरबत्ती, धुपहरु पनि बिभिन्न ब्रान्डका नाममा उपलब्ध छन्, तर त्यसको पनि खाशै अशर अब रहेन्न।यसले लामखुट्टको ताकतलाई पनि प्रस्ट पार्छ।
( साभार ”द एक्सक्लुसिभ वीक्लि”)
No comments:
Post a Comment