धिरेन्द्र प्रेमर्षी मैथिली साहित्याकाशका एक बिलक्षण प्रतिभाका
हुन। मैथिली पत्रकारिता, गायन,लेखन हुँदै कार्यक्रम प्रस्तोता सम्मको यात्रा तय
गरेका प्रेमर्षी मैथिली र मिथिलाका लागी बिगत दुई दशक भन्दा बढि देखि आफ्नो श्रम
दिँदै आएका छन्। मैथिली साहित्यको दशा र दिशा बारे प्रेमर्षीको राय बुझ्न पत्रकार जिवेश झा ले गर्नु भएको कुराकानीः
प्रश्न १। मैथिली साहित्यको अबस्था कस्तो देख्नु हुन्छ? मैथिली साहित्य प्रति जनमानसको रुचि घटनुको कारण मैथिलीको स्तर नपुगेर हो?
प्रश्न १। मैथिली साहित्यको अबस्था कस्तो देख्नु हुन्छ? मैथिली साहित्य प्रति जनमानसको रुचि घटनुको कारण मैथिलीको स्तर नपुगेर हो?
मैथिलीमा आफै कुनै कमजोरी छैन,कजोरी छ भने ‘खुर्पी
छुवा बोईन हुवा’ पबृतिमा छ । अध्ययन गर्नु
पर्यो नि त, हाम्रै साहित्य पनि कहाँ सम्म पुगेको छ। साहित्य र स्तरियता भन्दैमा
जे निस्किन्छ त्यो साहित्य होईन। नेपालीमा पनि युद्धिर थापा जस्ताका उपन्यास
थुप्रै बिक्यो पहिला। तर युधिर थापालाई साहित्यकार त भन्न मिल्दैन। हिन्दीमा भन्नु
हुन्छ भने बेदप्रकास, गुलशन नन्दा, अनेकानेक ऊपन्याशकारहरु छन, या मोटामोटा
ऊपन्यास छन, २००-३०० ऊपन्यास निकालेका छन्। तिनीहरुलाई साहित्यकार त मानिन्न।
साहित्य के हो?साहित्य र केहि लेखेर फालि दिएको चिज एउटै होईन, त्यसैले गर्दा
सबैभन्दा पहिला तपाईले यो बुझ्नु पर्यो कि साहित्यका पाठक, भावक जे भने पनि उनिहरु
जहिले पनि सीमित हुन्छन्।साहित्य बजारु चिज होईन्। साहित्य भनेको आम मानिसका कथा,
व्यथा प्रस्तुत गर्ने माध्यम हो ; दस्ताबेजीकरण गर्ने माध्यम हो । आम मानिसले पनि
त्यतिकै आनन्दका साथ आत्मसात गर्न सक्छन, किनकी पढनेको पनि स्तर अहिले बढदैछ।
पढदैमा डिग्री हाशिल गर्दैमा यी कुराहरु हुन्न। अहिले मैथिलीमा अनेकानेक मान्छेहरु
छन्। नेपालकै सन्दर्भमा भन्ने हो भने महेन्द्र मलङ्गिया छन, राजेन्द्र बिमल छन,
रमेश रञ्जन छन, मलाई चाँहि आफ्नै नाँउ कहिलेकाँहि भन्नु पर्ने हुन्छ। मैले जे जति
अलि-अलि गितहरु लेखे, कथा लेखे; त्यसको कुनै नराम्रो प्रभाव छैन, अहिले पनि
मान्छेले सम्झि रहेछन। भारततिर सियाराम झा शरस, रबिन्द्रनाथ ठाकुर, धुम्रकेतु,
अनेकानेक साहित्यकारहरु छन, वा नयाँ पुस्तामा गौरीनाथ , श्रिधरम, अभिनाश,
यस्ता-यस्ता मान्छेहरु जसका साहित्यिक रचना चाँहि अखिल भारतमा एउटा बिशिस्ट
रुपमा दरिने खालका छन्। त्यसले चाँहि यो
बिश्व परिदृश्यमा कमजोर छ भन्न सकिन्न। तर अब तपाईलाई लेखक बन्न मन लाग्यो,
तपाईसँग अलि पैसा छ , यसो खचर्याक-खुच्रुक लेख्नु भो र त्यो बजारमा हाल्नु भो,
पैसाले त छाप्न सकिन्छ। त्यसो गर्दैमा सहित्याकर भईदैन। अहिले हाम्रै देशमा कतिपय
प्राज्ञ भएका मान्छेहरु छन, २-३ दर्जन किताबहरु निकाल्या छन्। तर त्यो २-३ दर्जन
किताबमा चाँहि वास्तवमा नुन बेसारको पोको पार्ने भन्दा बढिको त्यसको औकातै छैन्।
के लेखेको हो, किन लेखेको हो, कसका लागि लेखेको हो, त्यो स्वयं लेखकलाई पनि थाहा
छैन। त्यस्तालाई चाँहि साहित्य भनेर यो भाषाको चाँहि अबमुल्यन गर्न पाईदैन्।
प्रश्न
२। यो सङ्ख्यात्म भो गुणात्मक चाँहि भएन?
गुणात्मक रुपमा पनि छन। केहि एकदमै राम्रा कृतिहरु
पनि छन, र त्यसले मैथिली साहित्यको स्तर निर्धारण गर्दछ। एउटा मैथिली मै उखान छ,
‘गंगोमे बेङ्ग बसैछै’ , मैथिलीमा पनि जथाभावी लेख्नेहरु छन। त्यस्तालाई चाँहि
साहित्यकार मान्नु भएन।
प्रश्न 3। हरिमोहन झा हरुको रचनालाई कसरी हेर्नुहुन्छ?
हरिमोहन झा एउटा यस्तो व्यक्तित्व भए जसका
साहित्यलाई चाँहि साहित्य भन्न सकिन्छ। किनकी बौध्धिक हिसाबले पनि त्यतिकै उच्च र
सरलतामा पनि त्यतिकै सरल, उनि उच्च स्तरका दर्शनशास्त्री पनि हुन, दार्शनिक्ताले
युक्त उनका साहित्यहरु हुन्छन। उनको कथा, उपन्यास , वा हास्य-व्यङ्गात्मक निबन्ध
होस, यो सबले आम जनतालाई सहजै समात्न सकेको छ। उनका कृतिहरु मिथिलामा
नन्द-भाउजुबीच चाँहि कोशेलीको रुपमा आदान-प्रदान गरिन्छ। महेन्द्र मलङ्गियाका
नाटकहरुको कुरा गरौं, महेन्द्र मलङ्गियाको नाटक हो भने सुने पछि वरपरका मानिसहरुको
ठुलै भिड लाग्छ, उनको नाटक हेर्न मान्छेहरु झुन्डि रहन्थे। डा. धिरेन्द्र का
उपन्यास हुन वा कथाहरु हुन, ति सबै बिशिष्ट छन। ललित, राजकमल चौधरी चाँहि तपाईको
मैथिलीमा पनि यथेस्ट लेखेका मान्छे हुन। नागारजुन नामले हिन्दी साहित्यमा चर्चित
बैद्धनाथ मिश्र यात्रीको कुरा गरौं , यिनीहरु अत्यन्त उच्च स्तरका मान्छेहरु हुन।
यसले गर्दा मैथिली साहित्यको स्तर कमजोर छ भन्न मिल्दैन। तर २-४ जना
टप्परटुङ्याँहरुले जहाँ पनि भद्रगोल पारेका हुन्छन। र प्राज्ञिका भनाँउदा
व्यक्तिहरुले नसोंचिकन रचना निकालिदिन्छन, यसले हाम्रो धरातल-पहिचानलाई के खराबी
गर्छ भन्नेमा जाँदैन्न। क्षनिक वाहवाहि पाँउनका लागि यी सब गरि रहेका छन्,
नेपालीमा एउटा उखान छ- ‘मुतको न्यानो’ , त्यो न्यानो पाँउनका लागि यि सब गर्ने,
भोली चाँहि फेरि त्यो चिसोले रात भरि सुत्न दिँदैन त्यतातिर ध्यान जाँदैन, तर
क्षणिक न्यानोको लागि द्ङ्ग भो भनेर भ्रममा परेका छन्।
प्रश्न
4। हरिमोहन झा को कृति पढेपछि मान्छे चाँहि नास्तिक
हुन्छ भन्ने आरोप छ, तपाई यसलाई कसरी हेर्नु हुन्छ?
आस्तिक्ता वा भगवान आदि भनेको तपाईको या ता अल्प या त मध्यम स्तरका
बुद्धिजिबीहरुले सोंच्ने हो, जो चाँहि भगबानले सब कुरा गरि रहेको छ भन्ने मत
राख्छन । तर एउटा निश्चित अध्ययनको उचाईमा
पुग्नु भयो भने ती सबै छोडेर तपाईले तर्क गर्नुहुन्छ, तर्क गरेपछि भगवानमाथि पनि
तर्क गर्नुहुन्छ, आस्तिक्तामाथि पनि तर्क गर्नुहुन्छ, त्यसपछि यि कुराहरु आँउदैन्न।
हरिमोहन झाको लेखन चाँहि एकदमै उच्च स्तरको हो। अब म पं. गोबिन्द झाको कुरा गर्छु
, उहाँ पण्डित परम्पराबाट आउनु भएको हो, वहाँले ८० बर्षको उमेरमा जनै फुकालेर
फाल्दिनुभो। किनभने जनै केका लागि? कसोको लागि? त्यो चाँहि वहाँले अध्ययनबाट थाहा
पाउनुभो, वहाँ आश्तिक्ताको जुन धागो छ, त्योभन्दा माथि पुग्नुभो, र त्यो भन्दा
माथि पुग्न सक्ने क्षमता थोरैको हुन्छ जसले हरिमोहन झालाई आत्मसात गर्नसक्यो, उनको
साहित्यलाई आत्मसात गर्नसक्यो, त्यो आस्तिक-नास्तिक हुने भन्दा पनि आस्तिक-नास्तिकको झुठको जुन
बन्धन छ, त्यसलाई चाँहि उसले फुकाएर अगाडि बढ्न सक्छ। सामान्यतया धर्मको कुरा कहाँ
गरिन्छ, जहाँ बिद्वानले प्रायः तर्क पाँउदैन। तर्क नपाएपछि यो त भगवानको लिला हो
भनदिहाल्छ। जहाँसम्म तर्क जान्छ , त्यहाँसम्म त तर्कले काम गर्ने हो।
प्रश्न 5। मैथिलीमा कविता लेख्ने परम्परा चाँहि अलि बढ्दो छ, कमर्स पढ्ने
बिद्यार्थीले पनि कविता लेख्छन, बिज्ञान पढ्ने बिद्यार्थीले पनि रचना गर्छन, कबिता
प्रति मैथिली भाषीको रुचि बढेको छ। कथा, नाटक प्रति रुचि घटदो छ, लामा-लामा कथाहरु
नपढ्ने, यो ‘रिडिङ्ग ह्याबिट’ कतिको देख्नु हुन्छ?
कबिता श्रृजनशिलता अभिव्यक्त गर्ने सबभन्दा पहिलो
माध्यम नै कविता हो। कविता भयो भएर यो पछिको कुरा हुन जान्छ, तर कविताको नाममा
प्रायःजसो धेरैले केहि नकेहि लेख्छन। पछि जब उसमा अलि विश्वास बढ्दै जान्छ, पढ्ने
परिपाटीको बिकास हुँदै जान्छ, अनि उ बिस्तारै चाँहि साहित्यको बाटोमा अगाडि बढ्दै
जान्छ। कोहि कबितालाई मात्रै उन्नत बनाउने तर्फ लाग्छन भने, कोहि नाटक, कथा,
उपन्यास आदि जस्ता मिहिनतिलो काममा पनि हात हाल्न सक्छ। कविता साहित्यमा पस्ने
एउटा सहज बाटो हो, धेरै जसो यहि बाटोमा अगाडि बढछ्न्। रिडिङ्ग ह्याबिट खस्केको छ।
प्रश्न 6 । यो मैथिली भाषिक पत्रकारिताको अवस्थाको कस्तो देख्नुहुन्छ?
यो पनि हेर्नुस साहित्य जस्तै भएछ, पछिल्लो चरणमा त
एकदमै पछाडि पो आएको छ। जो अलि-अलि गर्न सक्ने थिए, ति बिभिन्न ठाँउमा एफ.एम. हरु
तिर लागे। तिनिहरुले आफ्ना रचनात्मक्ता, सृजनात्मक्ता एफ.एम.तिर नै दिईरहेका छन।
पत्रकारिताको जुन एउटा दिगोपना हुन्छ यसलाई मान्छेले आत्मसात गर्न सक्या छैन्न।
सजिलोको बाटो मान्छेले समाति रहेका छन्। यसले गर्दा कतैनकतै साहित्यिक
पत्रकारिताको अभाव छ अहिले। भारत तर्फ केहि महत्वपुर्ण कामहरु भएका छन्,। हालै
एउटा ब्रोडसिट दैनिक ‘मिथिला आवाज’ भनेर दरभंगाबाट प्रकाशन सुरु भएको छ। ४-५ बर्ष
अगाडी ‘मिथिला समाज’ भनेर कलकत्ताबाट ब्रोडसिट डेली निस्किन्थ्यो। मैथिलीको
सन्दर्भमा जहाँ चाँहि मान्छे यसरी टुक्रा-टुक्रामा बाँडिएका छन, राज्यको तिरस्कार
भोगि रहेका छन, त्याँहा चाँहि यतिको निस्किनु भनेको निकै महत्वपुर्ण र आशा लाग्दो
कुरो हो।
प्रश्न 7। नेपालमा चाँहि एउटा मैथिली न्युज च्यानल भयो भने वा एउटा मैथिली ब्रोडसिट
भयो भने त्यो ‘सस्टेन’ गर्न कति गाह्रो हुन्छ?
एउटा कुरा के छ भने हेर्नुस, प्रयास भएको छैन।
ब्रोडसिट मात्रै भएर पनि हुन्न, त्यसले त्याँहाको जनजीवनलाई कसरि प्रभावित पार्छ,
त्याँहाको अर्थतन्त्रलाई कसरि समात्ने, त्याँहाको भाषिक, साँस्कृतिक, सामाजिक,
गतिबिधिलाई कसरि हेर्ने भन्ने कुरामा मलाई लाग्छ जनकपुरको रेडियोहरु त्यति आईरहेको
छैन, र त्यसले पनि जनतालाई जुन किसिमले समाउनु पर्ने हो , त्यो समात्न सक्या छैन।
समाचारहरु जनकपुरको नभएर काठमाडौं भएर फर्केर आँउछ, जनकपुरलाई काठमाडौंको आँखाले
देखेर काम छैन। जनकपुरका बिशेषता, जनकपुरका खरावी त्यो चाँहि त्याँहाका रेडियो
मुख्य समाचार बन्न सकेको छैन।
प्रश्न 8 । स्थानियकरण हुन सक्या छैन?
हाम्रो मानसिक्ता स्थानियकरण हुनु पर्यो। त्यो भएपछि
मलाई लाग्छ सम्भावना खोज्ने तर्फ जान सकिन्छ। अहिले त्यसकै अभाव छ, जुन दिन त्यो
भईदियो भने आफुले आफ्ना लागि आफ्नै स्रोत साधनबाट केहि निकाल्ने कोशिस गर्छौं भने
त्यो सफल नहुने कुरै आँउदैन। चाहे टेलिभिजन होस, चाहे रेडियो होस, चाहे पत्रिका
होस , तर त्यसमा मौलिक्ता हुनुपर्छ। मौलिक्ता भएन भने हेर्नुस नेपाली सिनेमा के का
लागि निस्किन्छन, कसका लागि निस्किन्छन, यो सँधै रोएको रोऐ छ । मैथिली सिनेमा त्यो
भन्दा पनि झुर।
प्रश्न 9 । मैथिली साहित्यको बिकास गर्न युनिभर्सिटीले कस्ता योगदान पुर्याउनुपर्यो?
भारतका विश्वविद्यालयले कस्ता योगदान पुर्याउनुपर्यो? नेपाल सरकाले कस्ता योगदान
पुर्याउनुपर्यो? भारत सरकारले कस्ता योगदान पुर्याउनुपर्यो? र, देशमा सङ्घियता
लागु भएपछि कस्ता खालका सङ्घियता लागु हुनु पर्यो जसले मैथिली साहित्यको बिकास
होस?
थुप्रै-थुप्रै प्रश्नहरु तपाईको एउटैमा आयो। नाराको
पछाडि लागेर हुन्न , भन्ने कुरा मान्छेले बुझ्नुपर्यो। जतिसुकै नारा संस्थागत भए पनि
गर्नुपर्ने त तपाईले आफैले हो, हामीले कुनै काम हाम्रालागि गरि रहेका छौं भनेर
हामी आफैले सोंच्नुपर्यो। र, त्यसका लागि एउटा धिरेन्द्र प्रेमर्षि उठेर हुँदैन,
एउटा जिवेश झा ऊठेर पुग्दैन। यो धरातल ऊठनुपर्छ, मैले जुन धरातलमा टेक्याछु,
त्यसको यदि उन्नति भयो भने यसमा उभिने हामी सबैको उन्नति हुन्छ, भन्ने एउटा कुरा हामी
सबैले बुझ्नुपर्छ।
विश्वविद्यालयहरुको कुरा गर्नु भो, नेपालका
विश्वविद्यालयहरुको अबस्था खासगरि मधेशको सन्दर्भमा , मिथिलाको सन्दर्भमा हेर्ने
हो भने एकदमै निराशा लाग्दो छ। यदि त्रिभुवन विश्वविद्यालयको कुरा गर्नुहुन्छ भने-
सुनिन्छ देखिन्छ पनि, जसले पढाई सम्पन्न गरेर आएका छन तिनीहरुका स्तर हेर्दा के
लाग्छ भने त्यो पढाई भईरहेको छैन, कोर्ष पनि त्यस किसिमले तयार भएका छैन्न, सबै
झाराटारे किसिमले भई रहेछ। जाँच केका लागि भईरहेछ, पास हुनका लागि, पछिल्लो पाँच,
सात दश बर्षमा नेपालमा त्रिभुवन विश्वविद्यालयबाट मैथिलीमा स्नातकोत्तर गर्नेहरुको
सङ्ख्या सबै भन्दा धेरै होलान, बर्षको झन्डै-झन्डै ४०-५० जनाले स्नातकोत्तर
गरिरहेका छन। तर यो अबधिमा मैथिलीको अवस्था सब भन्दा धेरै खसकेको छ।डा. धिरेन्द्र
बिभागाध्यक्ष छँदा कस्तो एउटा वातावरण थियो भने जनकपुरमा अंग्रेजी बिभागका मान्छे,
हिन्दी बिभागका मान्छे, नेपाली बिभागका मान्छे मैथिलीको क्लासमा बसेर पढथे। र
आफूलाई साहित्यको अभ्यासी बनाँउथे। आज मलाई लाग्दैन मैथिलीको कुनै पनि
बिद्यार्थीले एक दिन पनि कक्षा लिएछन होला। शिक्षकहरु पनि बिस्तारै बिस्तारै
अकर्मन्य जस्तै हुँदै गएका छन्। पढेका कुराहरु उसले पनि बिर्सिसक्ने अवस्था आईसके,
किनकी पढाई हुँदैन। यसमा चाँहि कडाई हुनुपर्यो। किनकी जागिर दिने कुरा मात्रै गरेर
पुग्दैन। हामीले आफ्नो भाषाको लागि पढेको हो, यो त कम्तिमा जानौं भन्ने विश्वास
बिद्यार्थीमा आउनु पर्यो। शिक्षकमा पनि त्यहिं हुनुपर्यो।
नेपालमा यदि आजको सन्दर्भमा संघियताका लागि हरेक
दृष्टिले पुगिसरी यदि कुनै क्षेत्र हो भने त्यो भने त्यो चाँहि मिथिला हो। भाषा,
साहित्य, मनोबिज्ञान, जे परिवेशबाट हेरे पनि मिथिला सबल हो। यो जुन बिशिष्ट
सांस्कृतिक चिनारी छ तदअनुरुप मात्र संघियता निर्माण गर्न सकियो भने भोली
त्याँहाका जनताको आत्मसम्मान जाग्न सक्छ, मनोवल बढ्न सक्छ, र त्यो मनोवलले हामीले
समग्र देश बिकासमा योगदान दिन सक्छौं। यो तर्ज चाँहि मिथिलाको हुनुपर्यो, कसैले
भन्दिन्छन पुर्वदेखि पश्चिमसम्मको मधेश, वा मधेशलाई खन्ड-खन्डमा बिभाजन गरौं, यि
सब ओहियात कुरा हुन। संघियताको नाममा यो कुभिन्डो कटाई हो। कुभिन्डो कटाई मैले कुन
सेन्समा भनेको हो भने नेपालीहरुको महान पर्व दसैं । दशैंमा धेरैले बोका चढाउने
गर्छन, तर कसैलाई यदि बोका चढाउन मन लागेन भने त्यो ठाँउमा कुभिन्डो काट्छन। यो
कुभिन्डो नकाटौं , सक्छौ भने बोकै काट नभए काट्दै नकाट। यो कुभिन्डो झै फलानो
ठाँउमा संघियताको नाममा उत्तरदेखि दक्षिण गरिदिने हुनुहुँदेन। केका लागि हो, यसबाट
के चाँहि गर्न खोजिन्छ, त्यो चाँहि स्पस्ट
हुनुपर्यो। मैथिली भाषा नेपाल-भारत दुबैको गौरव हो। मैथिली मधुरतम भाषाको रुपमा
रहि आएको हो। मैथिलीलाई जोगाएर, सम्बर्धन गरेर, हामी देशले लाभ लिउन। बंगाली
रबिन्द्रनाथ टैगोरले नोबले पुरस्कार पाँउनु बँगालीहरुको मात्रै त वाहवाही भएन,
त्यो त भारत पनि मान बढ्यो नि त। हामीले सोंच्नुपर्ने कुरा के हो भने आज मैथिली
प्रतिश्ठित भयो भने , त्यो नेपालको प्रतिष्ठा बढ्ने हो। वा भारतिय मिथिलाको कोहि
प्रतिष्ठित भयो भने भारतको प्रतिष्ठा निश्चय नै बढ्छ।
प्रश्न 10 । विश्वविद्यालयहरुले डिग्रि मात्रै बाँडया हो , ज्ञान चाँहि बाँडेन?
यति खेरको अवस्था त म त्यहि नै देखिरहेको छु। यद्धपी
तपाई अलिकति बृहत बिश्लेषणमा पुग्नुपर्यो भने सि.के. लाल ले के भन्नु भएको छ भने -
हामी कहाँको शिक्षा पद्धती नै गुलाम बनाउने शिक्षा पद्धति हो, जुन चाँहि
अंग्रेजहरुले भारतमा ल्याएका थिए भारतियहरुलाई गुलाम बनाई राख्नका लागि; त्यहि
शिक्षा पद्धतिको सिको हामी कहाँ अहिले भईरहेको छ। र यसले हामी गुलाम भईरहेका
छौं।प्रकृयागत रुपमा यदि हेर्ने हो भने त्यस्तै भई पनि रहेछ। र सोझो आँखाले हेर्दा
यसमा जे जस्तो पाठ्यक्रम छ त्यसलाई पनि राम्ररी पढाउने, कडाईका साथ परिक्षा लिने,
एउटा स्वक्षतापुर्वक अगाडी बढ्ने जस्ता काम हुनुपर्यो।
प्रश्न 11. । अब अंतिममा एउटा प्रश्न, यो मधेशबादी दलहरुले जनगणनामा मैथिली भाषालाई
दबाउन र मैथिली भाषीको सङ्ख्या घटाउन एकदमै ठुलो गुहकार्य गरेका थिए, हिन्दी
भाषीको सङ्ख्या बढाउन ठुलै कसरत गरियो, तैपनि मैथिली भाषी आफ्नो स्थानमा अडिग रहे,
मैथिली भाषालाई नै आफ्नो मातृभाषा राखे। यति गृहकार्य भएपनि मैथिली भाषा दोस्रो
स्थानमै कायम रहयो, अब भोलिको दिनमा यस्ता शक्तिहरु सफल भए भने हाम्रो अस्तित्व के
हुने हो?
अब हेर्नुस मैथिलीलाई दबाउने धेरै प्रयासहरु भए,
बिभिन्न दिशाबट, धेरैतिरबाट प्रयास भए, अहिले मधेशबादी दलबाट यस्ता प्रयास भए । यी
सबले नकारात्मक प्रभाव नै परिरहेको छ। हिजोको दिनमा मुसलमानहरुले प्रयास गर्या
थिए, तर पनि यो भित्रको जुन एउटा जीवन पद्धती छ , जुन मनोबिज्ञान छ, त्यसले यी
कुराहरुलाई त्यती सहजताका साथ फाल्न सकिदैन। यिनीहरु सफल हुने भन्ने कुरै आँउदैन।
मैथिली भनेको एउटा यस्ति सतिशाल हो जसलाई सीतिमिति मिल्काएर फाल्न गाह्रो छ।
हिन्दीको लागि मात्रै होई मगहि, बज्जिका, अंगिका, ठेठी जस्ता थुप्रै भाषाका लागि
कसरत गरिए , मैथिली भाषीको सङ्ख्या घटाउन। मैथिलीलाई कसरी छोट्याउन सकिन्छ भन्ने
नियतबस नै कसै-कसैले आफ्नो भाषाको रुपमा मगहि, बज्जिका, अंगिका, ठेठी र हिन्दी
लेखाए। उनिहरु केहि मात्रामा सपल त भएका छन। अहिले मैथिली भाषीको सङ्ख्या १५-१६ %
हुनुपर्द्थ्यो तर ११. ७% मा झरेको छ। मान्छे कति प्रतिब्द्ध छन आफ्नो पहिचान प्रति
भन्ने कुरा यसले देखिन्छ। जब सम्म मान्छे प्रतिबद्ध हुन्छन यी पैसा खाएर गरेको काम
चाँहि धेरै सफल हुन सक्दैन। भित्रैबाट आएका जुन प्रतिरोध हुन्छ नि त्यसलाई यी
भाडाका ट्टुहरुले प्रभावित पार्न सक्दैन। हिजो दिनमा म उदाहरण तपाई दिन्छु माओबादी
र सरकारको युद्ध चल्दाखेरी कि प्रायः जसो चाँहि नै माओबादी सफल हुन्थे र पुलिस वा
सेना समेत असफल हुन्थ्यो जबकि सेनाहरुसँग धेरै स्रोत-साधनहरु थिए।सेनाहरु जागिर
खाई रहेका थिए, माओबादीहरु आफ्नालागि लडि रहेका थिए। मिथिलाको जनता चाँहि आफ्नो
लागि आफ्नो पहिचान बचाई राखेका छन। अरु कसैले चाँहि ल है यो ठाँउमा हिन्दी लेखौं,
यो ठाँउमा मगही लेखौं, कोहि चाँहि कसैको भाडाको ट्टु भएर काम गरि रहेका छन, त्यो
भाडाका ट्टुले धेरै बेर सम्म गाडी तान्न सक्दैन। त्यसैले ढुक्क हुनुस , यसलाई
कसैले कतैबाट कुनै अशर पुर्याउन सक्दैन।
(साभारः 'द एक्सक्लुसिभ वीक्लि', १३ जनवरी २०१३ को अङ्कमा ) The Exclusive Weekly