जिवेश झा
शूपर्णखा रामायणको एक विलक्षण नारी पात्र हुन। उनी लंकाको राजा रावणकी प्यारी बहिनी थिईन्। रावणले क्षणिक क्रोधमा आएर आफ्नी बहिनी शुपर्णखाको पति विद्युत्जिह्वको निर्मम हत्या गरी दिएका थिए। त्यसैले रावण उनिसँग डराउँथे र आफ्नी बहिनीको प्रत्येक जायज-नाजायज कुरामा समर्थन जनाउँथे। सायद शुपर्णखाको त्यहि जिद्दि बानीले आफ्नो दाई जस्तै उनि पनि निरंकुश बनेकी थिईन् र समाजमा आतंक फेलाईरहेकी थिईन। कुनै पनि वस्तु या व्यक्ति उनलाई मन परे उसलाई पाए पछि मात्र संतुष्ट हुन्थिन्।यसै क्रममा एक दिन जंगलमा घुम्ने समयमा उनले भगवान श्री रामलाई देखिन। भगबान रामलाई देख्दै उनि मोहित भईन र सोच्न थालिन कि यो पुरुष त मैले पाउनै पर्छ। तत्कालै केहि बिचार बिमर्श नगरीकन उनि भगबान रामको अगाडि गएर आफ्नो मंतव्य यस प्रकार प्रकट गरिन्:
तुम सम पुरुष न मो सम नारी।
यह संयोग विधि रचा बिचारी।।
शूपर्णखाले यो पनि सोंचिन्न कि- श्री रामसँग उनको श्रीमती सीता पनि थिईन् र कुनै गैर महिला (पर स्त्री)ले कुनै अन्य बिवाहित पुरुष प्रति आकर्षित हुनु मर्यादाको विपरीत हो। श्री रामले समझांउदा-बुझाउंदा पनि शूपर्णखा माथि कुनै खाश असर भएन। शूपर्णखाको आफ्नो हरेक इच्छा पुरा गरि छाड्ने जिद्दी स्वभावको कारणले नै उनको अपमान भयो र त्यस पछि खर-दूषणको वद्ध भयो। सीताको अहरण भयो , राम-रावण युद्ध भयो र सम्पूर्ण राक्षस संस्कृतिको पनि विनाश भए।
आज त्यहिं शूपर्णखा संस्कृति ‘भ्यालेन्टाइन डे’ को रूपमा हामी माझ प्रस्तुत भएको छ। यसै संस्कृतिको मूल मंत्र हो- ‘तुम सम पुरुष न मो सम नारी।’ यसको बिपरितार्थक- ‘मो सम पुरुष न तुम सम नारी।’भन्नुको तात्पर्य -कुनै पनि महिला वा पुरुष प्रति आकर्षित हुनु र उसलाई हर हालमा प्राप्त गरि छाड्ने इच्छा पलाउनु नै- “शूपर्णखा संस्कृति” हो। त्यो इच्छलाई पुर्ती गर्नको लागि एक महिलाले कुनै पनि हद सम्म जानु वा चरम सीमा पार गर्नु र समाजका मर्यादा (मुल्य-मान्यता) हरुलाई लत्याइए भने निशचित रुपमा समाजलाई ठुलै क्षति ब्यहोर्नुपर्छ। त्यसैले यो संस्कृतिलाई एक वास्तविक “विकृति” नै भनिनु पर्छ।हुन त हाम्रो पुर्वीय हिन्दु परम्परामा “भैलेन्टाईन डे” को कहिँ कतै व्याख्या छैन वा भनौ यो संस्कृति एक पाश्चात्य संस्कृति हो र यसलाई अपनाउनु फाश्चात्यहरुको लागि गर्वको बिषय भने, हाम्रो लागि गुलामीको बिषय हो।अर्काको संस्कृतिलाई अंधो भएर अपनाए देशमा “कल्चरल ईमपेरियलिज्म” (सांस्कृतिक प्रभुत्ववाद) भित्रिन्छ। यो विकृतिको अनेक रूप हामी माझ पस्किन्छ। आफूलाई मन परेको (महिला वा पुरुष) को पछाडि लागि पर्नु , उसलाई हर संबभ प्रयत्न गरेर प्रभावित पार्नलाई सबै उचित-अनुचित हतकंडाको प्रयोग, समाजमा अश्लीलता फैलिनु र रोजेको व्यक्तिलाई प्रभावित पार्न असफल भए अपराध सम्म गर्ने यो विकृतिकै नाङ्गो रूप हुन।
अत्यन्त दु:खद कुरो यो हो कि- हाम्रो किशोर र युवा पुस्ता शूपर्णखा संस्कृतिको जालमा एकदमै निर्मम तरिकाले फँसीसकेका छन् । आफ्नो जीबनको जुन बहुमूल्य समय उनिहरुले ज्ञान प्राप्त गर्न, अपनो स्वास्थ्य बनाउन र देशको सेवा हेतु स्वयंलाई तयार पार्ने समयलाई खेर फालिकन उक्त बहुमुल्य समयलाई यो निरर्थक संस्कृति रमाउनमा फालिरहेका छन्। प्रत्येक वर्ष 14 फरवरी (फेब्रुवरी) को दिन यो संस्कृतिको ज्वरो तातिन्छ। यो समय परीक्षाहरुको तयारी गर्ने र पढ़ाईमा कठिन परिश्रम गर्नको लागि आदर्श हुन्छ, परन्तु यसको बिपरित आजको नयाँ पुस्ताहरु यो निरर्थक परम्परालाई पालन मै मस्त छन् र यस्ता प्रयासहरुले “लौंग रन” मा बिनाश नै निम्तिन्छ। यो कुसंस्कृतिको परिणाम यतिमा मात्र सीमित छैन। दु:खको कुरो यहाँ छ- आफ्नो इच्छा पूर्ति गर्नमा असफल हुने व्यक्ति हतोतशाहित भएर गलत र अपराधिक काममा संलग्न भएको कैयन उदाहरण हामी कहां छ। त्यति मात्र होईन आफूले ईक्षाएको व्यक्तिद्वारा प्रणय निवेदन लत्याईए उ माथि हमला गर्ने, तेजाब (एसिड) फाल्ने, हत्या गर्ने र चरम सीमा पार गर्दै आत्महत्या सम्म गर्ने यो संस्कृतिले नै सिकाएका केहि पाठहरु हुन्। प्रणय निवेदन स्वीकार भए त अर्को मजा छ यहाँ युवा-युवतिका निम्ति : अनुचित र समय-पूर्व शारीरिक सम्बंध कायम गर्नु जुन एक किसिमको अपराध नै हो, किनकी यसको भयानक असर उनिहरुलाई र सम्पूर्ण समाजलाई कलान्तरमा भोग्नै पर्ने हुन्छ।
मात्र आफ्नो प्रचार-प्रसार वा दर्शक\पाठक संख्या बढाउन र विज्ञापनको रूपमा मोटो धन राशी कमाउने निहुँमा समाचारपत्र र समाचार च्यानलले यो विकृतिलाई बढ़ावा दिनु सबसे ठुलो अपराधीक कार्य हो। मिडियाको काम समाजको बिकृतिलाई हटाउने हेतु कलम चलाउनु हो, न कि कुसंस्कृतिलाई बढावा दिन आगोमा घ्यु हाल्नु। मिडियाको यस्तो सस्तो प्रयासले समाजमा बिकृति निम्तिन्छ र समाजमा अमर्यादित आचरण फैलिन्छ जस कारण अपराधिक संस्कारले प्रश्रय पाउँछ।
किशोर-किशोरिहरुका माता-पिता यो मामिलामा पुर्ण रुपले असहाय-असक्त नै हुन्छन्। कुनै पनि व्यक्तिले आफ्नो संतानमाथि दिन-रात नजर राखनु न त संम्भव छ न त व्यावहारिक नै। यो कुरा हाम्रो नयाँ पुस्ताले स्वयं सोचनु पर्ने हो कि यो अप-संस्कृति (कुसंस्कृति) मा फँसेर उनिहरुले आफ्नो स्वास्थ्य, क्यारियर र पारिवारिक जीवनलाई कति हानि पुग्छ। यो विकृतिले हाम्रो नयाँ पुस्तालाई कमजोर र बर्वाद पारिरहेको छ। आजको युवा वर्ग आफ्नो महान् मिथिला संस्कृति, हिन्दु संस्कृति, नेपाली संस्कृति र बैदिक संस्कृतिको मर्यादाहरुलाई तोडदै छन्।
अब समय आईसके, अब दिन आईसके कि हाम्रा कर्णधार युवा, राजनेता, विचारक, साहित्यकार, पत्रकार, सञ्चार माध्यम र शिक्षक (प्राञिक) वर्गलगायत सबै मिली यो अप-संस्कृतिको विनाशकारी परिणामहरुबाट परिचित होऔ र यस “भ्यालेन्टाईन” नामक चरोलाई समाजबाट लोप पारौं।ढिलासुस्ति र यो कुसंस्कृतिलाई बढावा दिईए परिणाम त्यति नै भयावह हुनेछ। (“द ईक्सक्लुसिभ वीक्लि” मा प्रकाशित: रबिबार, १२ फेब. 2012)
Again Published in 'Bishwadeep Weekly' on 14th Feb 2013
ReplyDelete