Tuesday, December 21, 2010

The Sadharanikaran Model Of comunication(सहृदयताको लागि सञ्चार)


 -जिवेश झा
सञ्चार अध्ययन क्षेत्रमा सुपरिचित सञ्चारविज्ञ एवं भाषा तथा आमसञ्चार विभाग, काठमाडौं विश्वविद्यालयका मिडिया अध्ययनका प्राध्यापक निर्मलमणि अधिकारीले व्यक्तिको अनुभूति र्सवजनको अनुभुति कसरी बन्न जान्छ भन्ने प्रश्नको राम्रो समाधान प्रस्तुन गर्न हिन्दु अवधारणा अनुरुपको सञ्चार ढांचा र सिद्धान्तलाई अघि सारेका छन् । साधारणीकरण सिद्धान्त भन्नाले भारत वषीय काव्यशास्त्रको एक सिद्धान्तलाई बुझिन्छ । यस सिद्धान्तले कुनै एक व्यक्तिको अभिव्यक्तिलाई कसरी अन्य व्यक्तिहरुले बुझ्दछन्, कसरी सफलतापुवक रसास्वादन हुन्छ भन्ने व्याख्या गर्दछ ।
यसलाई भरतमुनीको नाट्यशास्त्रमा बणिर्त रससिद्धान्तका आधारमा भट्टनायकले व्याख्या गरेका थिए । साहित्यिक समिक्षाको क्षेत्रमा सदैव चर्चित रहेको यो सिद्धान्तको सान्दर्भिकता ज्ञानका अन्य विधामा पनि हुने कुरा तर्फ भने पछि मात्र विद्धानहरुको ध्यान गएको हो । सञ्चारको सैद्धान्तिक अध्ययनको क्षेत्रमा पनि साधारणीकरण सिद्धान्त सान्दर्भिक रहेको भनी भारतीय विद्धानहरु जे एस यादव र आइ.पी. तिवारीले १९८० मा व्याख्या गरेपछि विश्वभरका सञ्चार अध्येताहरुको ध्यान यतातर्फ तानियो । सोही साधारणीकरण सिद्धान्तलाई सञ्चारको पर्रि्रेक्ष्यमा थप विश्लेषण गर्दै सञ्चारविद् तथा प्रा. अधिकारीद्वारा प्रथम पटक पूवमा हुने सञ्चार प्रक्रियालाई हिन्दु विश्वदृष्टिकोणबाट गरिएको सैद्धान्तिकरणको चित्रमय प्रस्तुती नै साधारणीकरण ढाँचा हो । यस हिन्दु समाजमा सञ्चार प्रक्रिया कसरी व्यवहारिक हुन्छ भन्ने कुरालाई प्रस्तुत गर्दछ । यसले हिन्दु समाजमा सहृदयताकालागि सञ्चार भन्ने मान्यता रहेको प्रष्ट्याउँछ ।
पश्चिमा सर्न्दर्भमा सञ्चारको सैद्धान्तिक अध्ययन गरी सिद्धान्त र ढाँचाहरु निर्माण गर्ने लहर नै चलेकोले धेरैसञ्चार ढाँचाहरु बनिएका छन् । पूवमा भने प्रथम पटक वि.सं. २०६० मा यो ढाँचा प्रस्तुत गरिएको हो । आमसञ्चार तथा पत्रकारिता विषयको एमएको शोधपत्रमार्फत अधिकारीद्वारा साधारणीकरण ढाचा प्रस्तुत गरिएको थियो । साथै सञ्चारको साधारणीकरण ढाँचालाई थप बृहत रुपमा यिनले एम फिलको शोधसपत्रमार्फत प्रस्तुत गरे जसले सञ्चारबिज्ञान तथा पत्रकारिता विषयको क्षेत्रमा वैश्विक क्रान्ति ल्याउन सफल भयो । उनको यो सञ्चारको साधारणीकरण ढाँचा भारतको मुर्म्बई विश्वविद्यालय, अमेरिकाको हवाई विश्वविद्यालयलगायत अन्य भारतीय विश्वविद्यालयहरुमा नेपालको विश्वविद्यालयमा र अन्य एसियाली विश्वविद्यालयहरुमा अध्ययन अध्यापन हुने क्रम दिन प्रतिदिन बढदैछ ।
साधारणीकरणले हिन्दु समाजमा व्यवहारिक सञ्चारको सामान्यीकृत प्रतिनिधित्व गर्न सक्दछ । सञ्चारकर्ताहरुबीच सहृदयता हुनुपर्ने हिन्दु पद्धतिमा सञ्चारको आदर्श लक्ष्य हो भन्ने कुरालाई साधारणीकरण ढाँचाले देखाउछ । जसरी योगलाई सबै धर्म, सम्प्रदाय, संस्कृतिका मानिसका लागि उपयुक्त मानिएको छ त्यसरी नै साधारणीकरण पनि बृहत प्रयोजन भएको सिद्धान्त हो । सहृदयताको लागि सञ्चार भन्ने जुन मान्यता साधारणीकरण ढाँचाले बोकेको छ त्यसको वैश्विक मूल्य रहेको छ भन्न पनि हिचकिचाउनु पर्दैन । त्यसैले यो सञ्चार ढाँचालाई जुनसुकै परिवेशमा एउटा सर्न्दर्भ ढाँचाको रुपमा लिन सकिन्छ । विश्वशान्ति एवं विश्वबन्धुत्वको प्रबर्द्धन एवं द्धन्दव्यवस्थापनकालागि यसले सकारात्मक योगदान पुर्‍याउन सक्छ ।
साधारणीकरणमा सन्देशको आदानप्रदान प्रक्रियामा संलग्न प्रेषक प्रापकबीच तेरोमेरो भन्ने भावना हटी भावनात्मक साझेदारी वा एकत्व हुने हुनाले प्रेषकको सन्देशको प्रापकले रसास्वादन गर्न सक्षम हुन्छ । अर्को शब्दमा भावको मानवीकरण नै साधारणीकरण हो । भावको साधारणीकरण हुन्छ, त्यसैले मानव मानवबीचको साझापनको अनुभूति हुन्छ र मानव सामाजिक प्राणीका रुपमा बाँच्न सक्षम छ । त्यसैले यसलाई र्सार्वजनिक सिद्धान्त मान्न सकिने अवस्थामा पनि यो सिद्धान्त हिन्दु देन हो भन्ने तथ्यको आधारमा यसलाई सञ्चार ढाँचा र सिद्धान्त मात्र नभनेर हिन्दु सञ्चार ढाँचा र सिद्धान्त भनिएको हो ।
साधारणीकरणमा निम्नानुसार तत्वहरु मानिएका छन् ः सहृदय-प्रेषक र प्रापक), भाव, अभिव्यन्जन, सन्देश, सरणी, रसास्वादन, सम्भाव्य दोष, सर्न्दर्भ र प्रतिक्रिया । यसलाई ढाँचागत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ ।
१. सहृदय ः
साधारणीकरण प्रक्रियाको सबैभन्दा महत्वपूर्ण तत्व सहृदय हो । जसमा सन्देश प्रेषक र प्रापक दुइपक्ष हुन्छन् । सहृदय ती हुन जसमा सहृदयता छ । सामान्य अर्थमा समान हृदय हुनुलाई सहृदयता भनेर बुझिन्छ जहाँ दुइ पक्षबीच भावनात्मक अन्तर रहदैन । आध्यात्मिक तहको साधारणीकरणमा परमात्मा र जीवात्मा सहृदयका रुपमा हुन्छन् । अर्थात सञ्चारलाई मोक्ष प्राप्तिका लागि समेत उपयोग गर्न सकिन्छ ।
२. भाव
मानवभित्र अनेकौ सम्बेगात्मक भावहरु अनुभव, बासना एवं संस्कारका रुपमा संगालिएका हुन्छन् । भावलाई बाहिर प्रकट हुन कुनै संकेतको आवश्यकता पर्दछ । भाषा वा हावाभाव इत्यादि । यसरी भावले आफूलाई कुनै संकेतको रुपमा प्रस्तुत हुने अभिव्यन्जनको प्रक्रियाबाट गुज्रनु पर्दछ । हामी जे बोलौ जे हावभाव प्रस्तुत प्रदर्शित होउन वा जेसुकै चेस्टा गरिउन ती सबै भावका अभिव्यक्ति हुन् ।
३. अभिव्यन्जन
अभिव्यन्जनलाई भाव प्रकाशन पनि भनिन्छ । अभिव्यन्जन बिना विचार वा भावले मूतरुप लिन नसकी तिनको आदानप्रदान हुन सक्दैन । साधारणीकरणको निमित्त प्रापकको पात्रताअनुरुपको अभिव्यन्जन अत्यावश्यक छ । सामँन्य रुपमा हृदयमा उब्जेको मनोभावलाई सहजताका साथ व्यक्त गर्ने बाहिर जनसमक्ष पुर्‍याउने काम वा क्रिया अभिव्यन्जन हो ।
४. सन्देश
सन्देश भन्नाले पे्रषकले संकेतन गरेको तत्व हो । यो कुनै संकेत, इशारा, बोली वा लिखित पनि हुनसक्छ । शाब्दिक सञ्चारमा भाषात्मक वा लेखात्मक शब्द तथा गैरशाब्दिक सञ्चारमा हावाभाव आदिका रुपमा सन्देश हुन्छन. ।
५. सरणी
प्रेषकको सन्देश जुन माध्यमबाट प्रापक समक्ष पुग्दछ । त्यो साधन नै सरणी हो । कस्तो सरणी उपयुक्त हुने कुरा सन्देशको प्रकृतिको निर्धारण गर्दछ । पञ्चेन्द्रियमार्फत बोली ध्वनीतरंग शाब्दिक सन्देश मार्फत प्रापकसम्म सन्देश पुग्दछ र त्यो माध्यम नै सरणी हो ।
रसास्वादन
प्रेषकको भावलाई प्रापकसम्म पुगि त्यसलाई ग्रहण गर्ने, बुझ्ने र रसास्वादन गरेपछि बल्ल साधारणीकरण प्रक्रिया र्सार्थकता हुन्छ । भावको डिकोडिङ गरी प्रेषकले अभिव्यक्त गरेको सन्देश नै डिकोडिङ भएपछि प्रापकले रसका रुपमा अभ्यान्तरमा ग्रहण गर्दछ । प्रेषक र प्रापकबीच जति धेरै सहृदयता हुन्छ उति नै रसास्वादन सफल हुन्छ । अर्थात मानविय भावको जति नै आस्वादन वा आस्वाद हुन्छ त्यति नै बढी रसास्वादन हुन्छ ।
७. सम्भाव्य दोष
प्रेषक र प्रापकबीचको भावको पूर्णता साधारणीकरण हुनपर्ने हो तापनि अनेक कारणले त्यसो हुदैन । प्रेषक र प्रापकबीच जति बढी सहृदयता छ रसदोष तथा रसविघ्न सम्भावना उति नै कम रहन्छ । अर्थात सञ्चार प्रक्रियालाई सहृदयता ग्रहण गर्नमा बाधक बन्ने तत्व नै दोष हो ।
८. सर्न्दर्भ
सन्देशको आदानप्रदान प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने एउटा प्रमुख तत्व त्यो प्रक्रियासग सम्बद्ध सर्न्दर्भ पनि हो । एउटै शब्द वा चेष्टाको पनि सर्न्दर्भ अनुसार फरक अर्थ लाग्छ । सर्न्दर्भमा समानता भयो भने प्रक्रियामा संलग्न पक्षहरुबीच सहृदयतामा पनि सकारात्मक असर पर्न गई रसास्वादन राम्ररी हुन्छ र प्रक्रिया सफल हुन गई साधारणीकरणको लक्ष्य प्राप्त हुन्छ । संस्कृति, परिवेश, स्थल आदि सर्न्दर्भका उदाहरण हुन् ।
९. प्रतिक्रिया
साधारणीकरण प्रक्रियामा प्रतिक्रियाको कारणले यो चक्रवत प्रक्रिया बन्न पुग्छ । क्रिया र प्रतिक्रियाको चक्रमा प्रेषक प्रापक नियमित रुपमा विभिन्न रुपले भूमिका निर्वाह गरिरहेका हुन्छन् । क्रियामा व्यक्ति प्रेषक र प्रापक रहेका थिए भने प्रतिक्रियामा तिनीहरुको भूमिका अदल बदल भएर प्रेषक र प्रापक बन्छ ।
यसरी सञ्चार प्रक्रियाको परम प्राप्तिका रुपमा सहृदयतालाई लिएरै सञ्चारले मानव मानवबीचमा एकत्व हार्दिकता एवं समन्वय स्थापित गर्न सक्ने पक्षलाई साधारणीकरण ढाँचामा प्रस्ट्याइएको देखिन्छ ।
(Published in Bishwadeep Weekly on    November - 18 -2010)
Available on: bishwadeepweekly.com 

No comments:

Post a Comment